Logo
Logo

कांग्रेसको समर्थनमा ओलीको आशंका- जालझेलको ढोक्सा त होइन ?


2.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले अप्रत्याशित रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि जारी छलफलमा भाग लिने क्रममा अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने भन्दै आशंका गरेका हुन् ।

छलफलमा सहभागी ओलीले भने– ‘यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने, ढोक्सा थापिएको हो भने, ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

अध्यक्ष ओलीले कांग्रेसले जालझेलका लागि समर्थन गरेको भए पनि सफल नहुने बताएका छन् । ओलीले भने– ‘जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तो हुनेछ जाल ।’

अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदाशयता छ भने स्वागतयोग्य रहेको पनि धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्