
१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाए विश्वासको मत, प्रतिनिधिसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २ सय ६८ मत, विपक्षमा २ मत, प्रतिपक्षीमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि दिए विश्वासको मत, जनमोर्चा र नेमकिपाद्वारा विपक्षमा मतदान ।

२, सरकारलाई विश्वासको मत दिने सन्दर्भमा कांग्रेससँग कुनै पनि सहमति नभएको प्रधानमन्त्री प्रचण्डद्वारा स्पष्ट, संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको भनाइ, प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट, विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प ।

३, प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने, प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराद्वारा सभामुखको निर्वाचनको जानकारी, निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतम निर्वाचन अधिकृत तोकिए ।

४, कांग्रेसले अप्रत्याशित रुपमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली त्रासित, कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने भन्दै आशंका व्यक्त, कांग्रेसको समर्थन जाल भए माछा नभएको खोलामा फ्याँकेजस्तो हुने टिप्पणी ।

५, गठबन्धन हाइज्याक भएको भन्दै त्यसको करेक्सन सुरु भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, प्रचण्डलाई मतदान गरेर संविधान बचाउने र मुलुकको संकट टार्ने प्रयास गरेको अभिव्यक्ति, नेपालका राजनीतिक दल एकै ठाउँमा आइपुगेको भन्दै अब एउटै विचार हुनेहरु एकै ठाउँ हुँदै जाने विश्वास, पद लागि कांग्रेसले सरकारको समर्थन नगरेको स्पष्ट ।

६, सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, सरकारले जिम्मेवार भएर काम गर्ने विश्वास, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएर अघि बढ्न सके देशका लागि ठूलो काम भएको हुने अभिव्यक्ति ।

७, दलहरु चुनावी खर्च जुटाउन सबै एकजुट भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आरोप, निर्वाचनमा बोरामा लगेर खर्च गरेको पैसा सत्तामा गएर दुरुपयोग गरेर उठाउने नीति दलहरूले लिएको टिप्पणी, संसदमा बलियो प्रतिपक्ष नभएर सरकार निरंकुश हुने अभिव्यक्ति ।

८, दुई दिन निरन्तर उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन, नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झर्यो, नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार ।

९, पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश, जनकपुर रोयल्सलाई ३९ रनले पराजित, विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २८ रन मात्र बनायो, फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्ने ।

१०, युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न नेटो र इयुले थप सहयोग गर्ने, युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा, युक्रेनमा मस्कोको आक्रमणपछि युरोपेली सुरक्षा व्यवस्थालाई चुनौती थपेको र यस क्षेत्रको रक्षा गर्न इयु र नेटो मिलेर काम गर्ने ।













