Logo
Logo

कर्णाली सरकारका लागि दाबी पेश गर्ने समय सकिँदै


504
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय आज (बुधबार) सकिँदै छ। मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नआएपछि प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परियारले सरकारमा दावी पेश गर्न दिएको समय आज अपराह्न ५ बजेसकिंदैछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु पर्नेछ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै, राप्रपा र एकीकृत समाजवादीका एकरएक सांसद छन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्।

केन्द्रमा भएको सहमतिअनुसार कर्णालीमा एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ । कर्णालीको मुख्यमन्त्रीमा आज बेलुकी ५ बजेसम्म माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गर्ने तयारी दलहरुको छ ।

प्रतिक्रिया दिनुहोस्