काठमाडौं । हालै सम्पन्न निर्वाचनताका नेकपा एमाले त्यागेर स्वतन्त्र बनेका घनश्याम भुसाल नेकपा समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा रहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा आउन पत्र पठाएपछि भुसाल सकरात्मक भएका हुन् ।

अध्यक्ष नेपालले नेता भुसाललाई बुधबार पार्टीमा स्वागत पत्र पठाएका थिए । अध्यक्ष नेपालले एकीकृत समाजवादी र घनश्याम भुसालले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएको बताएका छन् । अध्यक्ष नेपालले भनेका छन्, ‘यहाँ एक–दुई दिनमै समाजवादीमा आउनु हन्छ ।’
भुसालले समाजवादीमा महासचिव दाबी गरिरहेका छन् । भुसालको पदीय जिम्मेवारीबारे नेपालले भनेका छन्, ‘उहाँको इतिहासको मूल्याँकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिन सिंगो पार्टी सकरात्मक छ ।’ भुसाललाई अहिले सचिवालय सदस्यमा ल्याएर केही समयपछि पदाधिकारीको जिम्मेवारी दिने गृहकार्य एकीकृत समाजवादीमा छ ।














