Logo
Logo

प्रतिपक्षमा बस्न तयार भए जसपासँग एकता गर्न समस्या छैन : माधव नेपाल


4.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षमा बस्न तयार भए जनता समाजवादी पार्टी जसपासँग एकता गर्न समस्या नभएको बताएका छन् ।

अध्यक्ष नेपालले समाजवादी रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पक्षामा रहेको भन्दै प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारे ।

‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ । हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ। अन्य मुद्दामा केही समस्या छैन । सरकारको सहभागिताको सवालमा पछि हटे एकताका लागि कुनै समस्या छैन,’ नेपालले भने।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि कार्यदलनै गठन गरेको छ। समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला सम्मिलित कार्यदल बनाएको छ।

समाजवादीसँगको एकताका विषयमा छलफलमा लागि जसपाले पनि राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी कार्यदल बनाएको छ।

प्रतिक्रिया दिनुहोस्