काठमाडौं । सन्दीप लामिछानेलाई पुनः नेपाली क्रिकेटको राष्ट्रिय टिममा फर्किन रोक्ने नहुने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको भोलिपल्ट शुक्रबार सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले यस्तो बताएका हुन् ।

उच्च अदालत पाटनले सन्दीपलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएकाे थियो । शुक्रबार सन्दीपका कानुन व्यवसायी घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । सन्दीप आजै प्रक्रिया पु¥याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइपछि तारेख लिएर छुट्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम पूर्वकप्तान रहेका उनलाई अब फेरि क्रिकेटमै फर्किनसक्ने घिमिरेले बताए । उनले भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’ सन्दीप अबकी केही घण्टामै थुनामुक्त हुँदैछन् ।











