
१, नेकपा एमालेका पूर्व–उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश, भुसाललाई माधव नेपाल र झलनाथ खनालद्वारा पार्टीमा स्वागत, भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी, एकीकृत समाजवादीसहित ठूला पार्टीलाई एक बनाउन पहल गर्ने भुसालको प्रतिबद्धता ।

२, राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको राष्ट्रियसभा सदस्य वामदेव गौतमको टिप्पणी, ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी, सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय सकारात्मक, पछिल्लो राजनीतिक परिस्थिति राजनीतिको महाभूकम्प भएको संज्ञा ।

३, बाध्य भएर नेकपा एमाले त्यागेको घनश्याम भुसालको भनाइ, एमाले अध्यक्ष केपी ओलीले ‘मण्डले’लाई ल्याएर आफूलाई निकालेको आरोप, एमाले परित्याग गर्नु सामान्य प्रतिवाद भएको भनाइ, एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको अभिव्यक्ति ।

४, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन फागुनमा हुने, महाधिवेशन फागुन २ देखि ४ गतेसम्म गर्ने निर्णय, महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनुपर्ने ।

५, इमानदार कम्युनिष्टलाई एकता गरेर अघि बढ्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर जाने, कम्युनिष्ट आन्दोलन व्यापक बनाउने र इमानदार कम्युनिष्टहरूलाई एकताबद्ध गरेर लाने संकल्प ।

६, यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढायो, कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागको भनाइ, १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागद्वारा जानकारी ।

७, चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुग्यो, चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत, खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत ।

८, नेपाल राष्ट्र बैंकद्वारा विदेशमा पैसा लैजानका लागि थप कडाइ, विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह, विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार अनुरोध ।

९, बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त, लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्ने, पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने ।

१०, केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कद्वारा सबैभन्दा धेरै सम्पत्ति गुमाएर विश्व कीर्तिमान, २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाए, ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट ।












