Logo
Logo

संवैधानिक र नैतिक रुपमा कांग्रेस प्रतिपक्षी होइन : रघुवीर महासेठ


630
Shares

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस प्रतिपक्षी दल नभएको बताएका हुन् ।

नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दावी गरे । उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे ।

उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने दावी गरे । महासेठले आफूहरुले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताए । फरक प्रसंगमा उनले आफू १०÷१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्