जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी बाहेकका दलले समर्थन गरेका छन् । सत्तारुढ गठबन्धनको भागवण्डामा परेको मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ ।
सभामुखमा सत्ता गठबन्धनभन्दा बाहिरबाट कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । यहाँ सभामुखका लागि २ माघमा निर्वाचन हुने भएको छ ।











