काठमाडौं । हिमालयन रि-इन्स्युरेन्स चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ घाटामा गएको छ । गत वर्षको सोही अवधिमा ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरणमा नोक्सान भएको देखिएको हो ।

असोज मसान्तसम्ममा कम्पनीको बीमा शुल्क भने बढेको छ । गत वर्ष कम्पनीले सोही अवधिमा ८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष १ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, कम्पनीले २ करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्ष एक करोड रुपैयाँ दाबी भुक्तानी गरको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लगानी, कर्जा तथा अन्यबाट २ करोड ६३ लाख रुपैयाँ आय गरेको छ । व्यवस्थापन खर्चमा ३ करोड २५ लाख रुपैयाँ खर्चिएको छ । पुनर्बीमा कमिसन खर्चमा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ छ । महाविपत्ति कोषमा १ करोड ५० लाख रुपैयाँ छ ।











