Logo
Logo

प्रधानमन्त्री र गृहमन्त्री रविबीच भेटवार्ता


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । 

उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो। 

प्रतिक्रिया दिनुहोस्