Logo
Logo
आठौँ राष्ट्रिय योग दिवस

योगले जीवनलाई सार्थक बनाउँछ : प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसलाई खुसी, स्वस्थ्य र सार्थक हुने बताएका छन् । आइतबार बिहान आठौँ राष्ट्रिय योग दिवसका आवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगलाई आत्मसात् गरेमात्र मानिस खुसी र सार्थक हुन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भौतिक विकासले मात्र मानिस खुसी हुन सक्दैन । भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सकेमात्र जीवन सार्थक बनाउन सकिन्छ ।’ उनले योगको आवश्यकताबारे नेपाल सरकारले शिक्षाका माध्यमबाट जनमानसमा पु¥याउने काम गर्ने समेत प्रतिबद्धता जनाए ।

उनले भने, ‘मैले संसारका विकसित भनिएका मुलूकहरूसमेत भौतिक रूपमा सम्पन्न भए पनि मनोवैज्ञानिक रूपमा तनावमा भएको देखेको छु । त्यसैले हामीलाई भौतिक सम्पन्नताले मात्र पुग्दैन, मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन पनि योग र ध्यान आवश्यक छ ।’

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय विभिन्न किसिमका भाइरसहरूको उत्पत्ति भइरहेको भन्दै रोगलाई नियन्त्रण गर्न योग सर्वोत्तम उपायभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्