Logo
Logo

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, प्रभावकारी उद्दारमा लाग्न सुरक्षाकर्मीलाई निर्देशन


693
Shares

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले दुःख व्यस्त गरेका छन् । आइतबार विहान काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर दुर्घटनाग्रस्त भएकामा दुखद र त्रासदीपूर्ण दुर्घटना भन्दै प्रधानमन्त्री प्रचण्डले दुःख व्यस्त गरेका हुन् ।

उनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । साथै, दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् । विमान दुर्घटनापछि अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्