
काठमाडौं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।
आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
उद्दारमा खटिएको प्रहरी तथा नेपाली सेनाले भने हालसम्म ६४ जनाको शव उद्दार गरेको छ । त्यसमध्ये पाँच जनाको सनाखत समेत भइसकेको छ ।











