
काठमाडौं । पोखरीस्थित सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । अधिकारीका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले जानकारी दिएका छन् ।
आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु थिए ।











