Logo
Logo

अप्सरा चापागाईं बागमतीको उपसभामुख निर्वाचित



हटौँडा । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएका छन् ।

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेका गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएका हुन् ।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकामा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाल्दा विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो ।

चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।

प्रतिक्रिया दिनुहोस्