Logo
Logo

यौन दुर्व्यवहारको आरोपमा ब्राजिलका डिफेन्डर आल्भेस पक्राउ


630
Shares

काठमाडौं । ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार एफसी बार्सिलोनाका पूर्वडिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुव्र्ययवहार गरेको आरोपमा स्पेनमा पक्राउ परेका हुन् ।

उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको समाचारमा जनाइएको छ । यस्तै, उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा रहेका उनी हालै मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध भएका थिए । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।

पुमासका अध्यक्ष लियोपोल्डो सिल्भाले क्लवको भावना र यसको मूल्य मान्यताविरूद्ध जाने जोकोहीलाई पनि क्लबले नसहने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘चाहे जो सुकै होस् क्लबको मूल्य मान्यता र भावनाविरूद्ध जानेलाई क्लबले सहनेछैन । एक व्यक्तिको आचरणले हाम्रो कामको दर्शनलाई आँच आउन दिनेछैनौं ।’

प्रतिक्रिया दिनुहोस्