Logo
Logo

नेपाल टी-२० फिक्सिङ : क्यानका पदाधिकारीमाथि पनि छानविन हुनसक्ने



काठमाडौं । नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीमाथि पनि छानविनको हुन सक्ने प्रहरीले बताएको छ ।

आज (मंगलबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेल गर्दै उक्त जानकारी दिएको हो । पत्रकारले सोधेको प्रश्नको जबाफ दिँदै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए । तर, छानविन गर्दै जाँदा क्यानका अदाधिकारी पनि अनुसन्धानको दायरमा आउने सक्ने बताए ।

उनले भने– ‘क्यानको काम खेल आयोजना हो । अहिलेसम्म क्यानका पदाधिकारीको संग्लग्नता देखिएको छैन । स्पट फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउँछन् ।’’

सीआईबीले ४ नेपाली ६ विदेशीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्