
मोरङ । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् ।
जिल्ला बार इकाई प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६० बमोजिम बुधबार आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
आचार्यले आजै दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश १ प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए । आचार्य झापाका कमल गाउँपालिका निवासी हुन् ।











