Logo
Logo

माओवादीबाट गंगानारायण, युवराज र कुमारी मोक्तान मन्त्री बन्दै


9.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट मन्त्री बन्ने सांसदहरूको नाम टुंगो लगाएको छ ।
माओवादीले गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तानलाई मन्त्री बनाउने भएको हो ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।
सिन्धुपाल्चोकका दुलाल र मकवानपुरकी मोक्तान यसअघि समाजिक विकासमन्त्री भइसकेका छन् ।

सिन्धुलीका श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन । २६ पुसमा मुख्यमन्त्री नियुक्त भएका माओवादीका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्