Logo
Logo

प्रेम आचार्य आत्मदाह प्रकरणमा बोले सिके राउत


2.8k
Shares

काठमाडौं । जनतम पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको टिप्पणी गरेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । सोही घटनालाई लिएर अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्न सकिन्न । तर, गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो । अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ ।’

प्रतिक्रिया दिनुहोस्