Logo
Logo

ककरोचका तीन नेतामाथि दिल्ली प्रहरीले थप अनुसन्धान गर्ने


0
Shares

काठमाडौं । भारतको दिल्ली प्रहरीको अपराध शाखाले ककरोच जनता पार्टी (सीजेपी) का नेता सौरभ दास, आशुतोष रांका र अजिंक्य शिन्देलाई अनुसन्धानका लागि बोलाएको छ ।

तिहाड जेलबाट रिहा भएपछि सौरभ दास र आशुतोष रांकालाई सोधपुछका लागि उपस्थित हुन सूचना जारी गरिएको र अजिंक्य शिन्देलाई पनि उपस्थित हुन समन पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीको अनुसन्धान सरकारी आदेशको कथित उल्लङ्घन र जन्तरमन्तर पुग्ने क्रममा अर्काको सम्पत्तिमा अनधिकृत प्रवेश गरेको आरोपसँग सम्बन्धित रहेको बताइएको छ ।

यसअघि सौरभ र आशुतोषलाई निषेधित क्षेत्र जन्तरमन्तरमा प्रदर्शन गर्न गएको भन्दै हिरासतमा लिएर तिहाड जेलमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्