Logo
Logo

पोलियो दिवसको अवसरमा रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ नेपाल-भूटानले साइकल र्याली निकाल्ने 


0
Shares

काठमाडौं । यही कात्तिक ७ गते विश्व पोलियो दिवसको अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोटरी इन्टरनेशनल नेपाल भूटान डिष्टिक ३२९२ ले काठमाडौं उपत्यकामा मेगा पोलियो साइकल र्यालीको आयोजना गर्ने भएको छ । र्यालीको शुभारम्भ भक्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ ।

The current image has no alternative text. The file name is: cycle.jpg

र्यालीले उपत्यकाको सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने छ । भक्तपुर दरबार स्क्वायरबाट सुरु हुने साइकल र्याली चाँगुनारायण, बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भूनाथ हुँदै काठमाडौं दरबार स्क्वायरमा पुगेर पाटन दरबार स्क्वायरमा गएर समापन हुनेछ । 

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर रत्न प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, काठमाडौं महानगरपालिकाका कावा मेयर सुनिता डंगोल र ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशिष्ट अतिथिका रूपमा सहभागी हुुनुहुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

रोटरी क्लबका डिष्टिक गभर्नर विष्णुबहादुर कार्की प्रमुख अतिथि रहने उक्त साइकल र्यालीमा सात सयभन्दा बढी ‘साइक्लिष्ट’हरु सहभागी हुनेछन् । उक्त कार्यक्रममा रोटरी क्लबका सदस्य तथा रोट्रयाकहरुको समेत सहभागिता हुनेछ । रोटरी क्लब अफ भक्तपुरले ‘कनेक्ट भक्तपुर’सँगको सहकार्यमा उक्त र्याली सञ्चालन हुने आयोजकले बताएको छ ।

उक्त साइकल र्यालीमार्फत ‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको खोपको महत्त्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आम जनसमुदायमा पु¥याउने उद्देश्य रहेको कुरा ‘पोलियो’ सबकमिटीका अध्यक्ष विनिता हाडाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्