Logo
Logo

राष्ट्रपतिबारे मलाई धेरै नजिस्काउ : ओली


7.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका बारेमा आफूलाई धेरै नजिस्काउन भनेका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुने चर्चा भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मलाई यो कुरामा धेरै नजिस्काउनुस् न तपाईंहरू जतिबेला भेट्यो, त्यतिबेला जिस्क्याउनुहुन्छ तपाईंहरू । मैले भन्ने कुरा भनिसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहेका छन् भने नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गर्दैछन् । ओलीले भने, ‘एमालेले उठाएको उम्मे्दवारमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

यसअघि सभामुखको निर्वाचनपछि उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा हुनुपर्ने बताएका थिए । उनले भने, ‘एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्