Logo
Logo

काठमाडौं महानगरले हटायो ९ हजार होर्डिङ बोर्ड


315
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड हटाएको छ । महानगरभित्रका सडक तथा पोलमा टासिएका मापदण्डाविपरितका ठूलो साइजका बोर्ड हटाइएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको भए पनि तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्