Logo
Logo

गृहमन्त्रीको नागरिकता विवाद : सर्वोच्चमा आज पनि सुनुवाइ


1.3k
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज(शुक्रबार) पनि सुनुवाइ हुँदैछ । यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए । बुधबार पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

अमेरिकाको नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्