Logo
Logo

गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक सम्पर्कविहीन


189
Shares

काठमाडौं । मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन् । मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन् । 

The current image has no alternative text. The file name is: himal.jpg

बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन् । बेपत्ता दुबैजना पुरुष हुन् ।  काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए । उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेका थिए । सँगै गएका गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।  

उक्त हिमालको उचाई ७४५५ मिटर रहेको छ । आरोहीहरु ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएका हुन् । बेपत्ता भएपछि हेलिकोप्टरबाट उनीहरूको खोजी गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको छ । तर उनीहरू भने फेला परेका छैनन् । प्रहरीले बेपत्ता भएका जापानीजका परिवारलाई समेत खबर गरिएको बताएको छ । 

जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख कोपिला चुडालले सम्पर्कविहीन भएका जापानी आरोहीको खोजी कार्य गरेपनि अहिलेसम्म केही पत्ता नलागेको बताइन् ।  अहिले नेपालस्थित जापानी राजदूतावास, कस्मो कम्पनी र प्रहरी खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्