
काठमाडौं । संघिय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) अपराह्न ४ बजे बस्दैछ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक- २०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन्।














