Logo
Logo

माओवादी बैठक : निर्वाचनमा अन्तर्घात गर्नेलाई छानविन गरि कारबाही गर्न प्रस्ताव


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानविन गर्नुपर्ने प्रस्ताव गरेका छन् । केन्द्रको जारी स्थायी कमिटी बैठकमा नेताहरुले छानविन समिति बनाएर कारबाही गर्न प्रस्ताव गरेका हुन् ।

‘चुनावी समिक्षाका क्रममा केही नेताहरुले अन्तरघातीहरुलाई कारवाही गर्नपर्ने प्रस्ताव गर्नुभएको छ । यो लगायत विभिन्न विषयमा छलफल भइरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने । यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । तर, उक्त छानविन समिति त्यसै सेलाएको थियो ।

आज बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलगायत समसामयीक विषयमाथि छलफल भइरहेको छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘व्रिफिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्