Logo
Logo

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुनपर्ने अधिकांश नेताहरुको जोड रहेपछि सो निर्णय गरिएको प्रवक्ता कृष्ण महराले जानकारी दिए ।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफुलाई विश्वासको मत दिएको नेपाली कांग्रेसबाट राष्ट्रपति बनाउन चाहान्छन् । तर एमाले राष्ट्रपति कांग्रेसलाइ दिन तयार छैन ।

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाएको उम्मेदवारका पक्षमा सहमति हुनपर्ने अडान राखेका छन् ।

त्यस्तै शुक्रबारको बैठकमा बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । पार्टी एकतासम्बन्धी प्रतिवेदन, संगठनसम्बन्धी र स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएको प्रवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्