Logo
Logo

वरिष्ठ अघिवक्ता भट्टराईको प्रतिकृया- स्वतन्त्र न्यायपालिकाको करामत


7.6k
Shares

फाइल फोटो

काठमाडौं । रवि लामिछानेको नागरिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलालाई वरिष्ठ अधिवक्ता टिकराम भट्टराईले ‘स्वतन्त्र न्यायपालिकाको करामत’ भनेका छन् ।

रवि लामिछानेले प्रयोग गरेको नागरिकता नै सर्वोच्चले अवैध ठहर गर्दै फैसला गरेपछि वरिष्ट अधिवक्त भट्टराईले फेसबुकमा ‘स्वतन्त्र न्यायपालिकाको करामत’ भन्दै प्रतिक्रिया जनाएका हुन् ।

लर्ड डेनिङको भनाई उल्लेख गर्दै भट्टराईले लेखेका छन्– ‘तिमी जति सुकै माथी होउ, तिमीभन्दा माथि जहिले पनि कानुन हुन्छ– लर्ड डेनिङ’ स्वतन्त्र न्यायपालिकाको करामत ।’

अर्का वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि यस विषयमा प्रतिकृया जनाएका छन् । उनले कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन भनेका छन् ।

आचार्यले ट्वीटरमा लेखेका छन्– ‘कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन । रवि लामिछानेको गृहमन्त्री पद पनि वहाँलाई अभिशाप बने जस्तो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्