Logo
Logo

राष्ट्रपतिको उम्मेदवार एमालेले नै खडा गर्छ : सुवास नेम्बाङ


315
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन् ।

राष्ट्रपतिका बिषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उनले बताए । नेम्वाङले राष्ट्रपतिका बिषयमा अन्य दलहरुसंग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे ।

त्यस्तै उनले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी गरे । कानून बमोजिम जो कोहि माथि मुद्धा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रुपमा दिन नहुने उनको भनाइ छ । नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताए ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले सहमतिका नाममा परिवर्तन खोज्नु कांग्रेसको सत्तालिप्सामात्रै भएको तर्क गरे । सत्ता समिकरण भत्काउने कुनै पनि षडयन्त्र सफल नहुने उनले बताए ।

पोखरेलले रवि लामिछानेमाथिको अदालतको आदेशपछि नयाँ परिस्थीतिको बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने धारणा रारे । उनले सत्ता समिकरणलाई मुलुकको हितका पक्षमा लैजान मिलेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्