Logo
Logo

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने



एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ ।

‘रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,’ सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भने ।

सुनकले मुख्य विपक्षी लेबर पार्टीका नेता केइर स्टार्मरसँग मिलेर भ्लादिमिर पुटिनको अकारण आक्रमणलाई परास्त नगरेसम्म बेलायत युक्रेनसँग एकताबद्ध भएर उभिने र युक्रेनको विजयी मात्र नभई त्यहाँका जनतामा शान्ति कायम गर्ने कुरा सुनिश्चित गर्ने बताए ।

करिब एक वर्षअघि रुसको आक्रमण सुरु भएयता जेलेन्स्की आफ्नो दोस्रो विदेश भ्रमणका लागि बुधबार बेलायत आइपुगेका थिए ।

सामान्य हरियो पहिरनमा सजिएका जेलेन्स्कीलाई लण्डनको उत्तरमा रहेको स्टानस्टेड विमानस्थलमा सैन्य यातायातको विमानमा ओर्लेपछि सुनकले न्यानो स्वागत गरेका छन् ।

जेलेन्स्किीले बुधबार नै राजा चाल्र्स तृतीयसँग पनि कुराकानी गने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्