Logo
Logo

एनपीएलमा आज कर्णाली-पोखरा र चितवन-काठमाडौँ भिड्ने


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदैछन् । आज साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

The current image has no alternative text. The file name is: npl-4.jpg

जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् । चितवनले अहिलेसम्म खेलका ४ खेलमा ५ अङ्क हासिल गर्दै चौथो स्थानमा छ भने काठमाडौँले ४ खेलमा ३ जित र एक हारसहित ६ अङ्क हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000