Logo
Logo

काठमाडौंमा कारले दियो स्कुटरलाई ठक्कर, महिलाको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आइतबार (कात्तिक २२) दिउँसो करिब २ः२० बजे काठमाडौं महानगरपालिका–३, वसुन्धारास्थित सडकखण्डमा कारले ठक्कर दिँदा स्कुटरमा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: Accident.gif

नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको उक्त कार धादिङ घर भई काठमाडौंको बालुवाटारमा बस्दै आएकी ४२ वर्षीया शान्ताकुमारी तामाङले चलाएकी थिइन् । कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उक्त स्कुटर दोलखा घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका २४ वर्षीय सोमबहादुर धामीले चलाएका थिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट ङबुदि घाइते भएकी थिइन् । तत्काल उनलाई उपचारका निम्ति वसुन्धारास्थित ग्रीन सिटी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दिउँसो १५ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवै सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000