Logo
Logo

माओवादी केन्द्रमा माओवादी समाजवादी समाहित हुने


8.4k
Shares

काठमाडौं । कर्णजीत बुढाथोकी ‘सुशील’को नेतृत्वमा रहेको नेकपा माओवादी समाजवादी माउ पार्टी नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ ।

बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच निर्णायक वार्ता भएको छ । वार्ताका क्रममा समाजवादी माओवादी माओवादी केन्द्रमा सहमाहित हुन तयार भएको हो ।

बिहीबारको निर्णायक वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किरातीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराती समुहमा थिए । पछि किरातीले वैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए ।

समावजवादी माओवादी माउ पार्टी माओवादीमा समाहति हुने निश्चित भए पनि समाहित हुने मिति भने तय भएको छैन । केही दिनमै समाहित हुने निर्णय नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्