Logo
Logo

देउवा र माधव नेपालबीच भेटवार्ता, सुदूरपश्चिम सरकारबारे छलफल


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न माधव धुम्बाराहीमा पुगेका हुन् । भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको छ ।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री शाहले आजै सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्दै छन् । शाह नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि सहभागी हुँदैछ । यसै विषयमा देउवा र माधवबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्