Logo
Logo

चार साना कम्युनिष्ट पार्टीबीच एकता गर्नेबारे छलफल


882
Shares

काठमाडौं । साना चार कम्युनिष्ट पार्टीले एकता गर्ने विषयमा छलफल गरेका छन् । शुक्रबार नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता गर्नेबारे छलफल भएको हो ।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी १५ फागुनमा चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन् ।

विप्लव नेतृत्वका नेकपाको हालै सकिएको केन्द्रीय कमिटी बैठकले समाजवादलाई अधार बनाएर विचार मिल्नेसँग एकता गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पार्टी एकताबारे छलफल अगाढि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्