काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनिन्, ‘वित्त नीति र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट मात्रै आर्थिक सुधार हुन्छ । तरलता अभावमा ब्याजदर बढेकाले उद्योगी मात्रै होइन, आमजनलाई समेत असर पारेको छ ।’
देशको आर्थिक अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी रहेकोबचाएको छन् । यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने बताका छन्।
उनले भने, ‘विश्वव्यापीकरणको यो युगमा हाम्रो प्रयास प्रयाप्त हुँदैन । अर्थतन्त्रको समस्या आफ्नै कारणले मात्रै हुँदैन। कोरोना र डेंगु महामारीले समस्या सिर्जना गरेका हुन् तर यिनलाई देखाएर पन्छिने छुट छैन ।’
सरकारको वित्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने देखिएको उनले बताएका छन्। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्नेतर्फ वित्त नीति निर्देशित हुनुपर्ने उनको भनाइ छ।
सबै प्रकारका आर्थिक क्रियाकलाप औपचारिक प्रणालीमा ल्याउने प्रयास गरिनुपर्ने उनले बताए ।











