Logo
Logo

नेपाल र भारतका रक्षामन्त्रीबीच भेटवार्ता


252
Shares

काठमाडौं । नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारतको बैंग्लोरमा आज (सोमबार)बाट सुरु भएको ‘एरो इन्डिया-२०२३’ मा सहभागिता हुन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइडलाइनमा भेटवार्ता भएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त नेपालको तर्फबाट रक्षामन्त्री उप्रेतीसहित बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उपस्थित थिए । उक्त एरो इन्डिया–२०२३ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।

भारतीय सेनाको एयर फोर्स रहेको स्थानमा हुन लागेको उक्त कार्यक्रममा नेपाली रक्षा मन्त्री उप्रेतीले भारतले निर्माण गरेका सैन्य हातहतियारहरुको अवलोकन गर्ने छन् । उप्रेती फागुन ५ मा फर्कने कार्यक्रम छ । उनी बैंग्लोरबाट दिल्ली जाने छन् र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्