Logo
Logo

रास्वपाको केन्द्रीय समिति बैठक जारी


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । केही समयअघि केन्द्रीय कार्यालय बसुन्धारामा बैठक सुरु भएको हो ।

निर्वाचन आयोगले चिवतन– २ को उपनिर्वाचनको मिति घोषणा गरेसँगै रास्वपा छलफलमा जुटेको हो । बैठकमा सोही उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।

हिजो (आइतबार) बसेको सत्ता साझेदर दलसम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनु पर्ने माग गरेका थिए ।

लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग यसवारेमा छलफल गरेका जनाएका थिए । अपरान्ह निर्वाचन आयोगले १० बैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

त्यस्तै बैठकमा समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्