
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा बलिङको निम्तो पाएको नेपालले तेस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्धको जारी खेलमा स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् ।
सन्दीपले १४ औँ ओभरमो अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे । रिची पहिलो बलमा नै आउट भए । त्यसअघि सन्दीपले १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए ।
नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए । नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यानडले आजको खेलमा मैदान उतारेको थियो ।
सन्दीपले नै सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए । १४ ओभरको समाप्तीमा स्कटल्यान्डले ३ विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ ।














