Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

युरोपियन युरोमा एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको छ । त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५८ रुपैयाँ ८५ पैसा र बिक्रीमा १५९ रुपैयाँ ५८ पैसा पाइन्छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९१ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैशा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा पाईन्छ । मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीमा १० रुपैयाँ २३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्