Logo
Logo

स्वास्थ्यमन्त्री स्वीटजरल्याण्ड प्रस्थान


630
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

बिरामीको सुरक्षा सम्बन्धी पाँचौँ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली मंगलबार राति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो ।

कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरीमा आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् ।

प्रतिक्रिया दिनुहोस्