काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको नाम प्रस्ताव गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा ओलीले नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
बैठकमा माधव नेपालका अलावा एमालेका उपाध्यक्ष सुवाश नेम्वाङको नामबारे पनि चर्चा भएको ओली निकट एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीले पनि राष्ट्रिय सहमति भए वा जित्ने अवस्था भएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपतिमा अघि सार्ने रणनीति लिएको छ ।
एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न बुधबार विहान बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो ।














