Logo
Logo

प्रभु साहको प्रश्न- नेपाल विद्युत प्राधिकरण कुन गिरोहले चलाइरहेको छ ? 


2.4k
Shares

काठमाडौं ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले ‘नेपाल विद्युत प्राधिकरण’ कसले सञ्चालन गरिरहेको भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद साहले बिद्युत् प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन् भन्दै प्रश्न उठाएका हुन् । 

उनले भने, ‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन् ? नेपालकै कानून अनुसार चलिरहेको छ की कुनै गिरोहले चलाइरहेको छ ? विद्युत प्राधिकरणका एमडी कानूनकै भित्र हो की कानून भन्दा माथि छन् ?  विद्युत प्राधिकरणका कर्मचारीलाई कानून लाग्छ की लाग्दै गम्भीर विषय खडा भएको छ ।’  

रौतहटको मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मौलापुर नगरपालिकाकाद्वारा आयोजित मधानी महायज्ञको गत शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन उद्घाटन गर्न पुग्दा विद्युत प्राधिकरणको नियतबस विद्युत लाइन काटेर कार्यक्रम अवरुद्ध गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । 

विद्युत  प्राधिकरण मौलापुर शाखाद्वारा लाइन काटेर उपराष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम मधानी महायज्ञलाई अवरुद्ध गर्ने उद्देश्य देखिएको उनले बताए । लाइन काटेर अवरुद्ध गरेपछि सर्वसाधारण सेवाग्राहीले सोधखोज गर्दा ‘गुण्डागर्दी’ शैलीमा अगाडि बढेपछि नियम कानून कर्मचारीले कार्यान्वयन गर्ने की नगर्ने, सेवाग्राहीहरूमाथि नै आक्रमण गर्ने काम भएको छ । 

विद्युत प्राधिकरणमा नियम कानुन अनुसार कर्मचारी समेत भर्ना नगरिएको भन्दै उनले कानून विपरित भएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्