Logo
Logo

प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा


4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

फाइल फोटो

धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँगको छलफल पछि उनी बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड भेट्न देउवा बुधबार बेलुका बालुवाटार पुग्नुअघि उपसभापति पूर्णबहादुर खड्का पुगेका थिए । उनी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको टोलीसँगको छलफलबाट बीचमै उठेर धुम्बाराहीबाट बाहिरिएका थिए ।

अध्यक्ष नेपालसहितको एकीकृत समाजवादीका नेताहरुको टोली धुम्बाराही पुग्नु अघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि धुम्बाराही पुगेका थिए ।

त्यसअघि बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर नेतासहित देउवा भेट्न गएका थिए।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्