Logo
Logo

एक व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने


504
Shares

काठमाडौँ । अबदेखि राष्ट्र बैंकबाट क, ख र ग वर्गकोइजाजत पाएका बैंकबाट ऋण लिएका ऋणीले घ वर्गको लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।

बुधबार केन्द्रीय बैंकले लघुवित्त संस्थाका लागि जारी एकीकृत निर्देशन-२०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिका अनुसार एक व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउनेछन् ।

राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ, ‘एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैन ।’

साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्