
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गर्नु लज्जास्पद रहेको बताएको छन् । पछिल्लो समय राष्ट्रपति पदका लागि राजनैतिकि दल र विदेशी राजदुतहरुकोे दौडधुप र बाक्लो भेटघाट चलिरहेको बेला नेता राववले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
बिहिवार सामाजिक सञ्जालमार्फत रावलले राजनैतिक दलका नेताहरु पदका लागि जसरी जुटेका छन् त्यसरी देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात बताएका छन । उनले लेखेका छन्, ‘शीर्षु नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि’ ?
रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’














