Logo
Logo

पोखरामा हराइरहेका चार वर्षीय बालक मृत भेटिए


504
Shares

काठमाडौं । पोखराको पर्स्याङबाट सोमबारदेखि हराइरहेका चार वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगर–५ पर्स्याङको धारापानी बस्दै आएका चार वर्षीय सुहान केसी क्षेत्री सोमबार हराएका थिए ।

उनी पर्स्याङकै खुँडेपोखरीमा डुबेको अवस्थामा बुधबार मृत भेटिएका हुन् । अपरान्ह ४ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्के परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्